गोबिन्द गिरी प्रेरणाले “ सुश्री पारिजात “ पुस्तक अमेजन मार्फत बिश्वब्यापी गर्दै..

Everest Fuji News २०७९ माघ १२ मा प्रकाशित       Published at 2023 Jan 26



वाशिंटन डिसी, जनवरी २५/ 

गोबिन्द गिरी प्रेरणाले “ सुश्री पारिजात “ पुस्तक अमेजन (Amazon.com) मार्फत बिश्वब्यापी गरेका छन ।

विख्यात साहित्यकार पारिजातको जीवनीको बारेमा लेखक प्रेरणाले दुई दशक अध्ययन अनुसन्धान गरेर लेखेको कृति हो ।

गत मंसिर २२ गते काठमाडौंमा विमोचन भई बिक्री वितरण शुरु भएको “सुश्री पारिजात” पुस्तक नेपाल तथा नेपालबाहिर विश्वका विभिन्न मुलुकका बहुसङ्ख्यक नेपालीहरूले चासो राखेका थिए र कसरी सहज ढङ्गले उपलब्ध हुन्छ भन्ने जिज्ञासा समेत राखेको छ। त्यो जिज्ञासा मेटिएको छ । अब अमेजनको प्रिण्ट अन डिमाण्ड (POD) का माध्यमबाट अमेरिका, युरोप, अष्ट्रेलिया, जापान लगायतका मुलुकमा सहजै उपलब्ध हुन्छ ।

२०२२ सालमा आफ्नो पहिलो उपन्यास कृति “शिरिषको फूल” का लागि मदन पुरस्कार पाउने पारिजातका कृतिहरू पाठकहरूले आज पनि रुचिका साथ पढ्ने गर्दछन् । उनको जीवनका सबैपक्ष समेटिएर विस्तृत रुपमा लेखिएको यो जीवनी पाठक, अध्येता, नेपाली साहित्यका विद्यार्थी तथा अनुसन्धानकर्ताहरू सबैका लागि उपयोगी हुने बताइएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.