उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु , १५ घाईते

Everest Fuji News २०८१ चैत्र २६ मा प्रकाशित       Published at 2025 Apr 09


उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । 

राजधानी बेइजिङबाट १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मंगलबार राति ९ बजे सो नर्सिङ होममा आगलागी भएको उल्लेख गरिएको छ । बुधबारसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ । सो नर्सिङ होमका लागि जिम्मेवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको समेत काउन्टी सरकारले जनाएको छ । त्यसभन्दा एक महिनाअघि पूर्वी चीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.