राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन : डा. जगमान गुरुङ, कार्यवाहक संयोजक

Everest Fuji News २०८१ चैत्र २६ मा प्रकाशित       Published at 2025 Apr 09


 काठमाडौं/

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको घटनामा पक्राउ परेका नेताहरुलाई रिहाइ नगरे सामूहिक गिरफ्तारी दिने घोषणा गर्नुभएको छ ।बुधबार काठमाडौंमा आयोजित प्रतिवद्धता सभामा उहाँले सो घोषणा गर्नुभएको हो । उहाँले वैशाख २१ गतेसम्म तीनकुने घटनामा पक्राउ परेकालाई रिहाइका साथै नवराज सुवेदीको नजरबन्द फुकुवा नभए वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने चेताबनी दिनुभएको छ । उहाँले सामूहिक गिरफ्तारीको अगुवाई आफुले गर्ने समेत बताउनु भएको छ ।

उहाले अव आफुहरुको आन्दोलन भ्रद्र अवज्ञा प्रकारको हुने उल्लेख समेत गर्नुभएको छ । अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको उहाँको भनाई रहेको छ । उहाँले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै अहिले आफुहरु योजनामा व्यस्त रहेको समेत बताउनु भएको छ । सोही छलफल कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते तीनकुनेमा आयोजना गरिएको सभालाई राज्यले हिंसात्मक बनाएको आरोप लगाउनुभएको छ ।

उहाँले राजावादीहरुलाई कमजोर र बद्नाम गराउन राज्यले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने काम गरेको समेत बताउनु भएको छ । उहाँले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरि संविधान संशोधनको प्रयास भएको भन्दै त्यसो गरिए देशमा आगो बल्ने समेत चेतावनी दिनुभएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.