वरिष्ठ पत्रकार भैरव रिसालको निधन

Everest Fuji News २०८१ चैत्र २४ मा प्रकाशित       Published at 2025 Apr 07


काठमाडौं/


प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार रिसालको ९६ औँ जन्मदिनका अवसरमा गत वर्ष उहाँकै निवासमा भेटेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नुहँुदै दुःखद निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै वरिष्ठ पत्रकार स्वर्गीय रिसालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । राष्ट्रिय समाचार समितिका पूर्वप्रमुख समाचारदाताको जिम्मेवारीसहित मानवअधिकार र वातावरण संरक्षणका क्षेत्रमा अमूल्य योगदान प¥याउनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा गएराति ९७ वर्षको उमेरमा निधन भएको थियो । उहाँ लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।।

 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.