काठमाडौं/
काठमाडौंमा बुधबार दिउँसो पानी परसंगै प्रदूषणमा समेत कम हुने अनुमान गरिएको छ ।
काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा उल्लेख्य वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार साँखु, पेप्सीकोला लगायत क्षेत्रमा उल्लेख्य वर्षा भएको समेत जनाएको छ काठमाडौंको मध्य क्षेत्रमा भने हल्का मात्रै वर्षा भएको उल्लेख गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले काठमाडौं उपत्यका, झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परेको जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि पूर्ण बदली भई हल्का वर्षा भएको समेत विभागले जनाएको छ । पछिल्लो समयमा काठमाडौंको साँखुमा ८ दशमलव ४, मकवानपुरको मार्खुमा ११ दशमलव ४, मकवानपुरकै चिसापानी गढीमा ५ दशमलव ४, दामनको ३ दशमलव २ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यसैगरी खोटाङको ऐँसेलु खर्कमा ७ दशमलव ४ मिलिमिटर वर्षा भएको समेत विभागले जनाएको छ । काठमाडौंसहित देशका विभिन्न भागमा परेको पानीले वायु प्रदूषणबाट पनि राहत मिल्ने मौसमविद्हरूले बताएका छन् ।।