विश्व कविता दिवसका अवसरमा बिचार गोष्ठी सम्पन्न

Everest Fuji News २०८१ चैत्र ८ मा प्रकाशित       Published at 2025 Mar 22




नुवाकोट ।


सामर्थ्य र उपयोगिता बारेमा विचार गोष्ठी सम्पन्न भएको छ । 

थानसिंह बगैंचा, नुवाकोटमा सम्पन्न उक्त  गाेष्ठीमा निबन्धकार तथा नियात्राकार श्रीओम श्रेष्ठले  मानव मानवका बिचमा हुने विभेदलाई समाप्त पार्ने शक्ति कवितामा मात्रै हुने बताए । 

गाेष्ठीमा अनुवादक एवं साहित्यकार श्याम प्रधानले विश्वमा बढ्दै गएकाे द्वन्द्व र  अशान्तिलाई अन्त्य गर्न कविता सजिलो माध्यम भएको बताए । 

उक्त गाेष्ठीमा कवि एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राश्याम लेकालीले मानव समाजलाई उन्नत गराउन कविताकाे ठूलाे याेगदान रहेकाे जिकिर गरे  । 

यस्तै कार्यक्रममा साहित्यिक पत्रकार तथा साहित्यकार जयदेव भट्टराईले  कविता मानिस मानिसका लागि हुनुपर्ने  बताए । 

गाेष्ठीमा कवि एवं वासु शशी स्मृति परिषद्का सचिव प्रधुम्न जोशीले कविता र मान्छेलाई छुट्याउन नसकिने बताए । 

कवि एवं पत्रकार ठाकुर  बेलवासेले समाजलाई सकरात्मक चेतना कविताले मात्रै  दिने बताए । 

उक्त गाेष्ठीमा श्रीओम श्रेष्ठ,राधेश्याम लेकाली, जयदेव भट्टराई, श्याम प्रधान र ठाकुर बेलवासे आआफ्नो कविता वाचन गरेका थिए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.