सोमवार,फागुन-९,जापान ।
प्रेमिला गौचन
जापानका लागि रा प्र पा नेपालकी प्रतिभा राणा राजदुतमा नियुक्त हुनु भएको छ । उहा नेपाली काँग्रेसका शेर बहादुर देउवाका सासु तथा आरजु देउवाकी आमा हुनु हुन्छ । सोमवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णयले गरेको हो । बैठकले जापान सहित १४ देशमा राजदुत नियुक्त गरेको छ भने स्पेनमा पनि नयाँ राजदुत खोल्ने निर्णय भएको सरकारका प्रवक्ता सुचना तथा सन्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले जनाएको छ ।
मन्त्रिपरिषदले सिफारिस गरेका नाममा युएई आशा लामा, डेनमार्क युवनाथ लम्साल, बहराईन पदम सुन्दास, अष्ट्रेलिया लक्की शेर्पा, कतार रमेश प्रसाद कोइराला, साउदी अरेबिया महेन्द्र सिंह, म्यानमार भिम उदास, श्रीलंका विश्वम्भर प्याकुरेल, ओमान शर्मिला पराजुली, कोरिया अर्जुन जंगबहादुर, बंगलादेश चोपलाल भुषाल, इजरायल निरन्जन थापा रहेका छन्। स्पेनमा खोल्न लागिएको दूतावासमा अवकास प्राप्त सहायक उपरथी भरत रायमाझीलाई सिफारिस गरिएको छ।
संसदीय सुनुवाईपछि उनीहरुको नियुक्तिको बाटो खुल्ने छ। यस अघि पनि राजदूत सिफारिस भए तापनि सरकार परिवर्तनसँगै त्यो कार्यान्वयन हुन सकेको थिएन।
आज बिहान बसेको पहिलो मन्त्रिपरिषद बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको थियो। अाजै दोस्रो पटक बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो। साँझै निर्वाचनको मिति तय गर्ने गरी अर्को मन्त्रिपरिषद बैठक बस्ने जनाइएको छ।
हाल जापानमा कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्यालले राजादुतावास चलाऊदै आउनु भएको छ ,यस भन्दा पहिले कार्यवाहक गेहेन्द्रराज राजभन्डारी हुनु हुन्थ्यो ।
जापानका लागि नेपाली राजदुत डा. मदन कुमार भट्टराईको कार्यकाल सकी नेपाल फिर्ता भए देखी कोही पनि नियुक्ती भएको थिएन ।