सप्तरी/
सप्तरी जिल्लाको दुई विद्यालयको शिक्षाको गुणस्तर खस्कीदै गएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।
सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका अवस्थित लक्ष्मी बल्लभ नर्सिङ माध्यमिक विद्यालय र श्री पब्लिक माध्यमिक विद्यालय लौनियाकोे यस वर्षको माध्यमिक शिक्षा परिक्षामा समेत राम्रो नतिजा ल्याउन नसकेसंगै शिक्षाको गुणस्तर खस्कीएको दाबी स्थानीयबासिन्दाहरुले गरेका छन् । लक्ष्मी बल्लभ नर्सिङ माध्यमिक विद्यालयबाट १७९ विद्यार्थी सहभागी हुँदा १७ जनामात्र पास भएका छन् । भने लौनिया माध्यमिक विद्यालयबाट १६४ सहभागीमध्ये मात्र १४ विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षा संयोजक चन्द्र भूषण रायले दुवै विद्यालयमा विषयगत दक्षता कमजोर शिक्षकहरू नियुक्त गरिएका कारण सो समस्या आईपरेको बताउनु भएको छ ।
उहाँले धेरैजसो अस्थायी रूपमा राजनीतिक प्रभावमा आधारित शिक्षकको नियुक्ती गरेका कारण शिक्षामा गुणस्तरिय बनाउन कठिन भएको समेत बताउनु भएको छ ।।