काठमाडौं /
इजारयली सेनाले गाजाको साबरा क्षेत्रमा गरेको आक्रमणमा परि ८१ जना प्यालेस्टिनीको मृत्यु भएको छ, भने ४ सयभन्दा बढी घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गाजामा विस्थापितलाई आश्रय दिइएको एक रंगशालामा इजरायली सेनाले गरेको आक्रमणबाट ११ जना मारिएको बताईको छ । भने इजरायली रक्षा बलले भने अहिलेसम्म सो बारे कुनै प्रतिक्रिया दिएको छैन । गाजाको साबरा क्षेत्रमा भएको कारबाहीमा हमास सैन्य शाखाका वरिष्ठ नेता हाखाम मोहम्मद अल–इस्सा मारिएको इजरायलले जनाएको छ । अल–इस्सा हमास सैन्य शाखाका संस्थापक सदस्यमध्ये एक भएको बताइएको छ । गाजामा इजरायलको आक्रमणमा हालसम्म ५६ हजारभन्दा बढीको ज्यान गई सकेको बताइएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्को हप्ताभित्र युद्धविरामको सहमति हुन सक्ने बताउनु भएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाको पहलमा इजरायल र इरानबीचको १२ दिन लामो संघर्ष अन्त्य भए यता कतारी मध्यस्थकर्ताहरूले पनि अमेरिकी दबाबले सम्झौता सम्भव हुने विश्वास व्यक्त गरेको जनाइएको छ ।।