कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानविन गर्न विशेष संसदीय समिति गठन गरिने

Everest Fuji News २०८२ असार २२ मा प्रकाशित       Published at 2025 Jul 06



काठमाडौँ /



संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानविन गर्न विशेष संसदीय समिति गठन गरिने भएको छ । 

सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा सभामुख घिमिरेसहित बिभिन्न दलका प्रमुख सचेतक बीच भएको छलफलले छानविन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भएको छ । आउदो सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले विशेष संसदीय समिति गठनको घोषणा गरि अनुमोदन गर्ने समेत उहाँले बताउनु भएको छ । समितिमा कांग्रेस र एमालेबाट २–२ जना तथा माओवादी, रास्वपा र राप्रपाबाट १–१ जना सदस्य रहने र समितिको नेतृत्व कांग्रेसले गर्ने समेत उहाँले बताउनु भएको छ । उहाले संसद्को नियमावलीको नियम १८० बमोजिम गठन हुने समितिलाई छानबिनका लागि १५ दिनको समय दिइने समेत बताउनु भएको छ । 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सोमबार बस्ने प्रतिनिधिसभा बैठक अघि सवै दलले समितिमा रहने सदस्यहरुको नाम उपलव्ध गराउने समेत बताउनु भएको छ ।

सो छलफलमा संसदको आगामी बैठकको क्यालेन्डरका बिषयमा समेत छलफल भएको बताइएको छ । जसअनुसार असार महिनामा २३, २४, २५, २९, ३० र ३१ गते प्रतिनिधि सभाको बैठक बस्ने समेत जनाइएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.