वर्तमान गठबन्धन परिवर्तन गर्ने कुनै योजना नरहेको कांग्रेसको दाबी

Everest Fuji News २०८२ असार २२ मा प्रकाशित       Published at 2025 Jul 06


काठमाडौं/


नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले वर्तमान गठबन्धन परिवर्तन गर्ने कुनै योजना नरहेको दाबी बताउनु भएको छ । 

काठमाडौंमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा उहाँले सो कुराको दाबी गर्नुभएको हो । उहाँले सरकारलाई प्रभावकारी बनाउने बिषयमा पार्टी बैठकमा छलफल भएको तर वर्तमान गठबन्धन परिवर्तन गर्ने कुनै योजना नरहेको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले दुईवटै काँध थापिदिँदा पनि गति पक्रिन भने नसकेको आरोप लगाउनु भएको छ । गत शुक्रबार शीलत निवासमा पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटलाई सरकार बदल्ने भेटको रुपमा चित्रण गर्न नहुने समेत उहाँले बताउनु भएको छ । उहाँले सरकार जनताको टुटेको विश्वासलाई कसरी जोड्ने भन्नेतर्फ लाग्न आवश्यक रहेको धारणा समेत राख्नु भएको छ । । 

सोही कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले वर्तमान सरकार असफल भएको दाबी गर्नुभएको छ । उहाँले सामाजिक न्याय र समृद्धि, राष्ट्रिय हितको पक्षमा यो सरकारले काम गर्न नसकेको समेत बताउनु भएको छ । उहाँले सरकार परिवर्तनका लागि बेइमानीहरुसँग संगत नगर्ने भन्दै जनताको बीचमा गएर सडक र सदनबाट आवाज उठाउने धारणा राख्नुभएको छ । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.