इजरायल र गाजापट्टीमा जारी युद्ध अन्त्य गर्न दुवै देश तयार

Everest Fuji News २०८२ असार २२ मा प्रकाशित       Published at 2025 Jul 06


काठमाडौँ/


हमासले गाजामा चलिरहेको द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम प्रस्तावमा वार्ता गर्न तयार रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् । 

यो घोषणा अन्य प्यालेस्टिनी पक्षहरूसँगको परामर्शपछि गरिएको समेत बताइएको छ । हमासको पछिल्लो धारणा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको अमेरिकाको प्रस्तावित भ्रमणसँग समेत जोडिएको उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको अवस्थाबारे चासो व्यक्त गर्दै युद्ध अन्त्यका लागि पहल गर्न आग्रह गर्नुभएको थियो । हमासले अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा तयार पारिएको युद्धविराम प्रस्तावको मस्यौदामा उल्लेखित सर्तहरूलाई सकारात्मक रूपमा लिँदै वार्ताको प्रक्रियामा सहभागी हुने तयारी रहेको विज्ञप्तिमार्फत जनाएको एएफपीले जनाएको छ । यसका साथै, हमाससँग आबद्ध इस्लामिक जिहाद समूहले समेत वार्तालाई समर्थन जनाउँदै इजरायलले बन्धक मुक्तिपछि पुनः आक्रमण नगर्ने स्पष्ट सुनिश्चितता आवश्यक रहेको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई सकारात्मक संकतको रूपमा लिँदै, यो द्वन्द्व अब अन्त्य हुनुपर्ने धारणा समेत गरेको बताइएको छ र गाजामा सन् २०२३ अक्टोबर ७ तारिखदेखि आक्रमण शुरु भएको थियो । हमासले त्यसबेला इजरायली क्षेत्रमा आक्रमण गरेको थियो ।।

....अब खेल समाचार........




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.