युवाहरुलाई साथमा लिएर अघि बढ्ने : प्रचण्ड

Everest Fuji News २०८२ असार २२ मा प्रकाशित       Published at 2025 Jul 06


काठमाडौं /


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई साथमा लिएर अघि बढ्ने बताउनु भएको छ ।

माओबादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । माओवादीले क्रान्तिको झण्डा उठाउदा युवाहरु र संगीतले महत्वपूर्ण भूमिका खेलेको भन्दै अव पनि युवाहरुलाई साथमा लिएर अघि नबढ्ने हो भने युवाहरुको अवमुल्यन गरेको ठहर हुने समेत उहाँले बताउनु भएको छ । उहाँले युवा विना विकास अघि नबढ्ने समेत बताउनु भएको छ । उहाँले भूमिगत रुपमा क्रान्तिको तयारी गर्दा भाषण, दर्शन र सिद्धान्तले भन्दा गीत र संगीतबाट जनतालाई उत्साहित गर्न सफल भएको स्मरण गर्दै आगामी निर्वाचनको लडाईमा समेत संगीतको भूमिका निर्णायक हुने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा कलाकार बाबा पाख्रिन लगाएतलाई अध्यक्ष प्रचण्डले माओवादी प्रवेश गराउनु भएको थियो ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.