कम्पनीमा काम गर्दै ओवामा

Everest Fuji News २०७३ माघ १७ मा प्रकाशित       Published at 2017 Jan 30


अमेरिकामा गत जनवरी २० तारिखका दिन नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएर सत्ता सम्हालेपछि बाराक ओबामा अब के गर्दैछन् र कहाँ बस्दैछन् भन्ने आम चासोको विषय छ । राष्ट्रपति पद छाडेपछि ओबामा एक व्यक्तिको घरमा भाडामा बसेका छन् । उक्त घरमा उनी दुई वर्ष बस्ने तयारीमा छन् । उनले अब छिट्टै कुनै एक कम्पनीमा जागिर गर्दैछन् । तर त्यो कुन कम्पनी हो भन्ने कुरा सार्वजनिक गरिएको छैन । ओबामा निकट स्रोतका अनुसार उनीसँग आफ्नै कार भने छैन । तर उनीसँग एक वटा पुरानो बाईक छ । त्यही बाईकमा चढेर उनी नयाँ कम्पनीमा काम गर्न जाने बताईएको छ । स्रोतका अनुसार उनले कुनै एक प्राईभेट कम्पनीमा जागिरका लागि आवेदन दिएका छन् । उनी छिट्टै उक्त कम्पनीमा आबद्ध हुने तयारीमा रहेको सञ्चार माध्यमहरुले जनाएका छन् । अमेरिकाको कानुन अनुसार पूर्व राष्ट्रपतिहरुलाई बस्नका लागि सरकारले कुनैपनि सरकारी आवासको व्यवस्था गर्दैन । ओबामा भाडामा बस्नुको पछाडि उनको कान्छी छोरी लिहाजाको पढाई नसकिनु पनि रहेको छ । उनका कान्छी छोरीको पढाई नसकिने बेलासम्म उनी राजधानी वासिंगटन डिसीमै रहने छन् । तर उनलाई सरकारले सुरक्षा भने दिनेछ । साथै उनको परिवारका अन्य सदस्यहरुलाई समेत सरकारले गोप्य तरिकाले सुरक्षा दिनेछ । तर ओबामाको घर भने सिकागोमा रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.