
काठमाडौं - र्याडिशन होटल काठमाडौंका महाप्रबन्धकका रूपमा सुब्रत बनर्जीले कार्यभार सम्हालेका छन् । बनर्जीले गत साउन १६ गतेदेखि महाप्रबन्धकको कार्यभार सम्हालेका हुन् । यसअघि उनी हैदराबादस्थित र्याडिशन हैदराबद हाइटेक सिटीमा महाप्रबन्धकका रूपमा कार्यरत थिए । भुवनेश्वरस्थित इन्ष्टिच्युट अफ होटल म्यानेजमेण्ट, क्याटरिङ टेक्नोलोजी एण्ड अप्लाइड न्युट्रिशनबाट होटल व्यवस्थापनमा डिस्लोमा गरेका बनर्जीले सन् १९९८ यता होलिडे इन, कार्लसन होटललगायत विभिन्न भारतीय होटलमा महाप्रबन्धकका रूपमा काम गरिसकेका छन् ।