प्रधानमन्त्री ओली र जापानी व्यवसायी टोलीबीच शिष्टचार भेटबार्ता

Everest Fuji News २०८१ फाल्गुन १७ मा प्रकाशित       Published at 2025 Mar 01


काठमाडौं/

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताउनुुभएको छ ।उक्त समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा उहाँले सो कुरा बताउनु भउको हो । प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताउनुभएको छ । उहाँले दुईदेश बीच मित्रताबाहेक अरु केहि नरहेको जिकिर समेत गर्नुभएको छ ।

उहाँले समस्या रहित दुई देशीय सम्बन्ध तथा विकासको साझेदारीलाई सूूचना प्रविधिको सहयोगमा उचाईका साथ अगाडि बढाउने समेत बताउनुभएको छ ।उहाँले उद्यमशीलता प्रवद्र्धन र व्यवसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपाल अन्तर्गतको समूूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थले आयोजना गरेको फ्रेन्डसिप समिटमा सहभागी हुन जापानी टोली नेपाल आएको हो ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.