जापानी दूतावासले थाल्यो पर्यटन प्रवद्वनको काम, जापानका ठुला ट्राभल्सहरुसँग परामर्श गर्ने

Everest Fuji News २०७४ असार २४ मा प्रकाशित       Published at 2017 Jul 08


टोकियो । जापानस्थित नेपाली राजदुतावासमा नेपालको पर्यटन प्रवद्र्धनलाई अझ विस्तार गर्ने उद्देश्यले भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाली दुतावासले आयोजना गरेको कार्यक्रममा जापानमा पर्यटनको क्षेत्रमा क्रियाशिल विभिन्न व्यवसायीहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जापानका लागि नेपाली राजदुत राणाले सबैलाई धन्यवाद दिँदै दुई देशबिचको सम्बन्ध अझ प्रगढ बनाउँदै आर्थिक विकासमा अगाडि बढ्न सबैसँग अपिल गरेकी थिइन् । कार्यक्रममा सहभागिहरुले दुई देशका सँस्कृतिको बारेमा जिज्ञासा राखेका थिए । त्यस्तै जापान र नेपालकोबिचमा सिधा हवाई सम्पर्कको बारेमा पनि छलफल भएको जापानस्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कार्यक्रममा उठेका सवालहरुबारे उपनियोग प्रमुख कृष्णचन्द्र खनालले जवाफ दिएका थिए।    


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.