पर्यटन प्रवद्र्धनका लागि थाइल्यान्ड तयार

Everest Fuji News २०७४ असार १७ मा प्रकाशित       Published at 2017 Jul 01


पोखरा । नेपालका लागि थाइल्यान्डका राजदूत भकावत तान्सकुलले नेपालको पर्यटन प्रवद्र्धनका लागि सघाउन थाइल्यान्ड तयार रहेको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले शुक्रबार यहाँ आयोजना गरेको अन्तक्र्रियामा राजदूत तान्सकुलले थाइल्यान्डमा बर्सेनि झन्डै तीन करोड ५० लाख पर्यटक आउने गरेको र उनीहरुलाई व्यवस्थापन गर्ने गरेको अनुभव नेपालसँग बाँड्न आफूहरु तयार रहेको धारणा राख्नुभयो । नेपाल र थाइल्यान्डबीच ५८ वर्षदेखिको पुरानो गहिरो सम्बन्ध रहेको बताउँदै उहाँले जनस्तरमा हुने सम्बन्धले व्यवसाय विस्तारमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष विश्वशङ्कर पलिखेले पोखराका उद्यमी तथा व्यवसायी थाइल्यान्डका व्यवसायीसँग सहकार्यका लागि इच्छुक रहेको जानकारी दिनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.