पर्यटक बढेसंगै तारे होटल पनि बढे, नेपालमा १२० वटा तारे होटल

Everest Fuji News २०७४ असार १० मा प्रकाशित       Published at 2017 Jun 24


काठमाडौँ, १० असार । पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारा तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार आर्थिक वर्ष २०७२÷७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारास्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव २०७३÷७४ को प्रथम आठ महिनासम्ममा यो सङ्ख्या बढेर १२० पुगेको छ । तारास्तर बाहेकका पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७२÷७३ सम्म ९६० भएकोमा आव. २०७३÷७४ को प्रथम आठ महिनासम्ममा ९८५ पुगेको छ । यस्तै तारास्तरका होटलको श्याको सङ्ख्या पनि क्रमशः वृद्धि भएको छ । आव २०७२÷७३ मा नौ हजार ७१० भएकोमा आव २०७३÷७४ को प्रथम आठ महिनामा चार प्रतिशतले बढेर १० हजार ७१ श्याया पुगेको छ । ताराबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७३÷७४ को प्रथम आठ महिनासम्ममा २८ हजार १७१ पुगेको छ । त्यसैगरी अघिल्लो वर्षको तुलनामा क्यासिनो सञ्चालनको सङ्ख्या पनि बढेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.