१२जेठ काठमाडौं।
सर्वोच्च शिखर सगरमाथाको आधार शिविर जाने क्रममा सिंगापुरकी पदयात्री वाङ कुम लिङ मेइको शुक्रबार निधन भएको छ।४७ बर्षीया वाङ कुमको पाँच हजार एक सय मिटरको उचाईमा रहेको लवुचेमा चिसोका कारण निधन भएको हो।उहाँ बुधवारदेखि विरामी पर्नु भएको थियो।
पर्यटक प्रहरी अनुसन्धान शाखाका प्रमुख दिनेश थापाका अनुसार लाङटाङ रिट्रेक कम्पनीबाट पदयात्रामा जानु भएकी वाङ कुमको शुक्रबार बिहान निधन भएको हो।सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु वडा नम्बर ४ मा अवस्थित लवुचेमा उहाँको निधन भएको हो।
लवुचेबाट फिरेचे करीव एक घण्टाको दुरीमा रहेको छ।उहाँलाई फिरिचेमा रहेको अस्पतालसम्म नपुरयाइएको पदयात्रामा रहेका उहाँका साथीले प्रहरीलाई जानकारी गराएका छन्।वाङ कुमको साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ।वाङ कुमको शव काठमाडौ ल्याउने तयारी भइरहेको छ ।