
टोकियो बिस्वबिधालयमा प्रत्येक बर्षको में महिनामा आयोजना हुने ' गोगाचुसाई ' में फेस्ता मा यो बर्ष पनि भब्यरूपमा सम्पन्न भयको छ । नब्बेऔं में फेस्तामा यो बर्ष सोहि बिश्वबिधालसमा अध्यनरत बिधार्थीहरूको सहयोगमा नेपालको पर्यटन प्रबर्दन गर्ने उदेश्यका साथ नेपाल पर्यटन बोर्डको तर्फबाट पर्यटन बुथ राखियको थियो । २०१७ में २० र २१ दुई दिन आयोजित उक्त फेस्तामा चार सय भन्दा बढि बिभिन्न खानाका स्टलहरू , ईन्डिया , बंगलादेश लगायत दश भन्दा बढि रास्ट्रका प्रबर्धन स्टलहरू राखियको थियो । नेपालको स्टलमा जापानिज लगायत बिभिन्न देशका ब्यक्तिहरू दुईदिनमा ३ हजार भन्दा बढिले अवलोकन गरि पर्यटनको बारेमा बुझ्ने , पर्यटन प्रबर्दनको सामाग्रीहरू लिने र स्टलसंगै राखियको नेपाली परिकार मोमोको स्वाद लियका थिय । यसपटक अध्यनको लागी एकसय जना जापानीजमाझ आन्गकेड पनि लिईयको थियो । ति मध्य किस प्रतिसत १ पटक देखी ७ पटक सम्म नेपाल भ्रमण गरिसकेका , सत प्रतिसतले जान चाहेको चाहाना ब्यक्त गरेका र नेपाल भन्दा तपाईलाई के कुरा मस्तिष्कमा झल्किन्छ भन्ने प्रश्नमा अधिकांसले खारे ( करि ) , हिमालय , मठमन्दिर र लुम्बिनिको नाम लियका थिय ।

उक्त दुईदिने फेस्ता नेपाल पर्यटन प्रबर्दनको कोणबाट अत्यन्तै फलदायी भयको जानकारी नेपाल पर्यटन बोर्डका जापानका लागी अबैतानिक पर्यटन प्रतिनिधि अनुज थापाले दिनुभयो । दुबैदिनको लागी १० जना भोलुन्टियर आईएनएफएसडी ( INFSD )

जापानले उपलब्ध गरायको थियो ।