
काठमाडौं । शनिबार अबैध रुपमा हिमाल चढिरहेका दक्षिणी अफ्रिकी नागरिक रायन सिंह डेभिलाई पर्यटन विभागले नियन्त्रणमा लिएको छ । सगरमाथा ट्रेकिङ गर्ने अनुमति लिएका डेभिले अबैध रुपमा सगरमाथा आरोहण गर्ने प्रयास गर्दा बेस क्याम्पका पक्राउ परेका छन् ।
बेस क्याम्पमा आरोहणका अनुमति नै नलिएका ब्यक्ति देखिएपछि पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृतहरुले उनलाई सोधखोज गरेका थिए ।
पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराई भन्छन् ‘अहिले हामीले उनको पासपोर्ट जफत गरेर बेस क्याम्पबाट काठमाडौं ल्याउन लागेका छाैं ।’
पर्यटन विभागले उनलाई कारबाही गर्ने तयारी गरेको छ । अब नेपाल आउनै नपाउने गरी नेपाल सरकारले कारबाही गर्न सक्छ । तर यस्तो निर्णय मन्त्रिपरिषदबाट गराउनुपर्छ ।
भट्टराइले भने ‘देशमा आउनै नमिल्ने गरी कारबाही गर्ने तयारी छ, यो प्रस्ताव क्याबिनेट पठाउँछौ ।’