दुर्घटनाबाट जोगियो सीता एयरको विमान

Everest Fuji News २०७४ बैशाख १० मा प्रकाशित       Published at 2017 Apr 23


सोलुखुम्बु । सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आइतबार बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको भित्तामा ठोक्किएर विमानको पखेटा फुटेको तर अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विमानमा चालक दलका तीन सदस्यसहित १७ यात्रु सवार थिए । तीमध्ये १२ विदेशी रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । रासस


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.