गुमेको किर्तिमान फर्काउन ८६ बर्षीय मिनबहादुर फेरि सगरमाथा उक्लँदै

Everest Fuji News २०७४ बैशाख ४ मा प्रकाशित       Published at 2017 Apr 17


काठमाडौं । आफ्नो तोडिएको किर्तिमान फर्काउन ८६ बर्षीय वयोवृद्ध मिनबहादुर शेरचन दोस्रोपटक सगरमाथा आरोहणका लागि आधार शिविरतर्फ लागेका छन् । आइतबार सगरमाथा प्रदुषण नियन्त्रण समितिसँग अनुमति लिएका शेरचन सोमबार हिमाल आरोहणका लागि प्रस्थान गरेका हुन् । दश वर्षअघि ७६ वर्षको उमेरमा सगरमाथा चढेर उनले विश्वको अग्लो शिखरमा उक्लिने सबैभन्दा पाको व्यक्तिको किर्तिमान बनाएका थिए । सन् २००८ मे २५ मा सगरमाथा चढेका शेरचनको नाम गिनिज बुकमा लेखिएको थियो । तर सन् २०१३ मा जापानी आरोही मिउराले ८० बर्षको उमेरमा सगरमाथा चढेर उनको किर्तिमान भंग गरे । कीर्तिमान तोडिएलगत्तै सन् २०१३ र २०१५ मा उनले पुनः आरोहण प्रयास गरेका थिए । तर, सन् २०१३ मा उनले आरोहणको मौका नै पाएनन् भने सन् २०१५ मा भूकम्पका कारण नाम्चेबाटै फर्किनु पर्‍यो । शेरचनको आरोहण टोलीमा ९ जना रहेका छन् । जसमा ६ जना अनुभवी गाइड छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.