निगमले दुई नयाँ जहाज ल्याउन हस्ताक्षर, जापानको लागि पनि उड्ने-

Everest Fuji News २०७३ चैत्र २५ मा प्रकाशित       Published at 2017 Apr 07


सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले दुई ठूला आकारका हवाई जहाज खरिद गर्न अमेरिकी कम्पनी एएआरसँग शुक्रबार एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। अबको एक वर्षमा ती दुई जहाज नेपाल आइपुग्ने निगमले बताएको छ। नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र विक्रेता कम्पनी एएआरका दिपक शर्माबीच दुईवटा ए ३३०-२०० वाइडबडी एयरबस खरिद गर्ने सम्झौता भएको हो। दुई ठूला जहाजको मूल्य करिब २२ अर्ब रुपैयाँ पर्ने निगमले बताएको छ। समय एक वर्षपछि मात्र जहाज नेपाल आइपुग्ने निगमका महाप्रबन्धक कंसाकारले बताए। उनले भने, "आगामी चैत्र महिनामा पहिलो जहाज आउँछ र पहिलो जहाज आएको एक महिनाभित्र दोस्रो जहाज आउने कुरा छ।" सम्झौता अनुसार निगमले दुई चरणमा पैसा बुझाउनुपर्ने छ। जसअन्तर्गत पहिलो किस्तास्वरुप अमेरिकी कम्पनी एएआरलाई अबको एक महिनाभित्र ८ अर्ब रुपैयाँ बुझाउनुपर्ने छ। नयाँ आउने जहाज २५० देखि २८० सिट क्षमता रहेको र त्यसमा १६ वटा विजनेस क्लासका सिट हुने बताइएको छ। गन्तव्य दुई जहाज थपिएपछि राष्ट्रिय ध्वजावाहकसँग अन्तर्राष्ट्रिय उडानका लागि पाँचवटा जहाज हुनेछन्। हाल ८ गन्तव्यमा उडान भरिरहेको निगमले दुईवटा जहाज थपिपछि म्यानमार, श्रीलंका, दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, साउदी अरेबिया लगायत अन्य गन्तव्यहरुमा उडान गर्ने बताएको छ। निगमले जहाज खरिदका लागि बैना स्वरुप ११ कोरड रुपैयाँ माघ महिनाको दोस्रो साता नै पठाएको थियो। निगमले बोलपत्र आह्वान गर्दा हजार घण्टासम्म उडेको चलिसकेको "सेकेण्डह्याण्ड" जहाजका लागि प्रस्ताव माग गरेको थियो। तर अमेरिकी कम्पनी एएआरले नयाँ जहाज दिने प्रस्ताव पेस गरेको थियो।  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.