गलकोटको घुम्टेमा चैत ३१ र वैशाख १ गते पाँचौ लालिगुराँस उत्सव हुने-

Everest Fuji News २०७३ चैत्र १७ मा प्रकाशित       Published at 2017 Mar 30


गलकोटको पर्यटकिय गन्तव्य घुम्टेमा चैत ३१ र वैशाख १ गते पाँचौ लालिगुराँस उत्सव हुने भएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा उक्त उत्सव हुन लागेको हो । गलकोटको घुम्टेलाई गन्तव्य स्थलको रूपमा विकास गर्न र राष्ट्रिय लालिगुराँस फूलको संरक्षण र प्रचार प्रसार गर्न उक्त उत्सव हुन लागेको संस्थाका उपाध्यक्ष राज थापाले बताए । उत्सवमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले घुम्टे लेकको विभिन्न प्रकारका लालिगुरास फूल,पहाड तथा हिम श्रृङ्खलाको दृष्यावलोकन गरी सिद्ध भैरवको पुजा गर्ने कार्यक्रम तय गरिएको संस्थाका अध्यक्ष झंक बस्नेतले बताए । उत्सवमा सालेजो, घुम्टे साईला,नौमति बाजाको समेत प्रस्तुतिका साथै क्याम फायरको समेत व्यवस्था रहेको छ । विगत वर्षदेखि उत्सव गरिरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रले वैशाख १ गतेलाई लालीगुराँस दिवस घोषणा गरी घुम्टे लेकलाई पर्यटकिय सुचिमा सुचिकृत गर्न नेपाल सरकारलाई माग गरेको छ । उक्त लेकलाई संस्थाले लालिगुरासको पहाडको रूपमा घोषणा गरि सकेको संस्थाको सचिव शेरबहादुर थापाले बताए । घुम्टे लेकलाई पर्यटकिय गन्तव्य बनाउनको लागि पुर्वाधार निर्माणमा नेपाल सरकार र स्थानीय जनसमुदायको श्रमदान गरी करीब १ करोड लागतमा मन्दिर मर्मत र पद मार्ग निर्माणको काम भएको संस्थाका उपाध्यक्ष राज थापाले बताए । उक्त लेकमा हरेक बैशाख पूर्णिमामा परम्परागत रुपमा मेला लाग्ने गर्दछ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.