आगामी शनिवार र आईतवार टाेकियो योयोगी पार्कमा हुने नवौ नेपाल फेष्टिवलको तयारी पुरा

Everest Fuji News २०७३ श्रावण १७ मा प्रकाशित       Published at 2016 Aug 01


imageआयोजक समिति एनआरएनए जापानका अनुसार फेष्टिवलको अन्तिम तयारी पुरा भईसकेको तथा विभिन्न कार्यक्रमहरुकाे समेत तयारी सकिएको जनाएको छ । कार्यक्रमकाे उदघाटन तथा अन्य दिनभरिको कार्यतालिका वारे आगामी बुधवार पत्रकार सम्मेलन मार्फत पूर्ण जानकारी दिईने मुल आयाेजक समितिका संयाेजक तथा एनआरएनए जापानका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो । संयोजक थापाका अनुसार कार्यक्रममा विभिन्न विभागकाे जिम्मा लिएका विभागिय प्रमुखहरुले ३ तारिक बुधवार सिनोओकुवो स्टेशन नजिक रहेको नमस्ते गजल रेष्टुरेन्टमा विस्तृत रुपमा जानकारी दिने कार्यक्रम राखिएकाे छ । कार्यक्रममा सहभागि भई सम्पूर्ण विवरण जानकारी गराईदिनुहुन सम्वद्ध सबै विभागका प्रमुखहरुलाई अनुराेध गरिएकाे छ ।यस्तै कार्यक्रममा सहभागिता जनाई आफना अमुल्य सुझाव तथा मार्ग र्दशन गरिदिनुहुन जापानवासी नेपाली सहित सम्पूर्ण पार्टीका भातृसंगठन, जनजाति महासंघ, नेपाल पत्रकारमहासंघ तथा आवद्ध संचारकर्मी सहित सम्पूर्ण जिम्मेवार संघसस्थाका पदाधिकारीहरु, बुद्धिजिवी, विद्यार्थी तथा सम्पूर्ण पेशाकर्मीहरुमा हार्दिक अनुराेध गरिएकाे छ । आर्थिक सहयाेगका लागि अपिल imageआसन्न नवौँ नेपाल फेष्टिवलको तयारी पुरा भएको अवसरमा कार्यक्रमकाे सफलताका लागि आर्थिक सहयाेग गर्न चाहने महानुभावहरुलाई आयाेजक एनआरएनए जापानले अपिल गरेको छ । एक विज्ञप्ती जारी गर्दै आयाेजक समितिले सम्वद्ध सवै सहयोगीहरुलाई सहयाेगको अपेक्षा सहित संलग्न खाता नम्वरमा सहयोग रकम पठाईदिनुहुन अनुराेध गरेको छ । नेपाल फेष्टिवल मुल आयोजक समितिले फेष्टिवललाई सहयाेग गर्नेहरुका लागि कार्यक्रममा विशेष सम्मान गरिने आयोजक समिति एनआरएनए जापानका महासचिव अनुज थापाले जनाउनु भएको छ । कार्यक्रम आयोजना : मिति : २०१६ अगस्ट ३ तारिक (बुधबार ) समय : दिनको ३ बजे 〜 ५ बजेसम्म स्थान : नमस्ते गजल रेस्टुरेन्ट सिनओकुबो सम्पर्क : अनुज – ०८०-९६४७-२१२१ : बुद्धि – ०९०-९३९५-१८४३ आर्थीक सहयोगका लागि बैक खाता नम्वर -१००१०-­५२३७०३६१ カイガイザイジュウネパールジンカイ)


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.