अमेपरका – अमेरिकाको नेपाली समुदायको मुनाफारहित सामाजिक संस्था रिजउड नेपाली समाजले श्रीमद भागवत महापुराणको आयोजना गरि गत अगस्त २९ तारिख अन्तिम दिन सम्म १५ लाख ५० हजार ४ सय ८२ डलर २१ सेन्ट जम्मा भएको जनाएको छ ।
उक्त रकमले न्युयोर्कमा नेपाली साँस्कृतिक केन्द्र तथा दुर्गा मन्दिर बन्ने पक्का भएको आयोजकले जनाएको छ ।
महा पुराणको अन्तिम दिन अगस्त २९ तारिख नेपाली जन सम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले अन्य पदाधिकारीहरुको उपस्थितिमा महा महापुराणमा १ लाख २५ हजार ५ सय ५५ डलर प्रदान गरेका छन् ।
नेपाली जन सम्पर्क समिति अमेरिका अहिलेसम्म कै सवै भन्दा ठूलो रकम दान दिने संस्था बनेको जनाएको छ ।
अमेरिकामा नेपालीहरुको आगमनसंगै यतै जन्मेहुर्केका बालबालिकालाई साँस्कृतिक केन्द्रका माध्यमद्वारा नेपालीपन पहिचान दिने उद्धेश्यले महापुराण लगाइएको आयोजकको दावी रहेको छ ।
पुराण बाचन प्रवीण दीनबन्धुको प्रमुख वाचकत्वमा श्रीमद्भ भागवत पुराणको आयोजना भएको थियो भने यसको लागि मूल समारोह समिती गठन समेत गरिएको थियो । महा पुराणमा कलश सहित विभिन्न समाजका धर्मगुरुहरुका साथ नगर परिक्रमा गरिएको थियो ।