अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृंखलाको तालिका सार्वजनिक

Everest Fuji News २०८२ असार २४ मा प्रकाशित       Published at 2025 Jul 08


काठमाडौं/


नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृंखलाको तालिका सार्वजनिक गरिएको छ ।

टप इन्ड टी–२० शृखलाको आयोजक नर्दन टेरिटोरी (एनटी) क्रिकेटले प्रतियोगिताको तालिका सार्वजनिक गरेको बताइएको छ । टी–२० शृखलामा नेपालले नर्दन टेरिटोरी स्ट्राइक्स सहित बङ्गलादेश ‘ए’, पाकिस्तान ए’ र बिग बाश लिगका तीन टोलीहरू मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स र मेलबर्न रेनेगेड्ससँग खेल्ने कार्यतालिका सार्वजनिक गरेको बताइएको छ । आईसीसी टी–२० विश्वकप एशिया छनोट २०२६ को तयारी स्वरूप नेपालले अस्ट्रेलियामा शृखला खेल्न लागेको हो । टी–२० विश्वकपको एशिया छनोट आउँदो अक्टोबर १ देखि १७ सम्म ओमानमा हुने कार्यक्रम रहेको छ । यो छनोटअघि नेपालले आउँदो सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० अन्र्तराष्ट्रिय शृखला खेल्ने तय भएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.