रुसी सेनाद्वारा युक्रेनको विभिन्न क्षेत्रमा ड्रोन आक्रमण

Everest Fuji News २०८२ असार २४ मा प्रकाशित       Published at 2025 Jul 08


अन्र्तराष्ट्रिय सञ्चार माध्याम/


रुसी सेनाद्वारा युक्रेनको पूर्वको सुमी र दक्षिणको ओडेसा क्षेत्रमा गरेको ड्रोन आक्रमणमा परि चार जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यामले जनाएको छ । 

युक्रेनको पूवी सुमी क्षेत्रमा दुई जना र दक्षिणको ओडेसा क्षेत्रमा एक जनाको मृत्यु भएको बताइएको छ । रुसको आक्रमणबाट दक्षिणी खेरसन क्षेत्रमा एक जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । रूसी ड्रोनहरूले राजधानी किएभमा आक्रमण गर्दा भवनहरूमा समेत क्षति पुगेपनि कुनै हताहत नभएको बताइएको छ । रूसको रक्षा मन्त्रालयले मस्को क्षेत्रमा आठ वटा र बाँकी ९१ वटा ड्रोनहरू युक्रेनको सिमानामा खसालेको जनाएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.