८३ बर्षिया महिलाको हत्या अभियोगमा एक युवकलाई पक्राउ

Everest Fuji News २०८० चैत्र १७ मा प्रकाशित       Published at 2024 Mar 30


इलाका प्रहरी कार्यालय बनेपाले ८३ बर्षिया महिलाको हत्या अभियोगमा एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय बनेपाले कानमा लगाएका दुईवटा रिङ लुटेर ब्यक्तिगत खर्च चलाउने उदेश्यले एउटै घरमा भाडामा बसेकी ८३ बर्षिया लक्ष्मी तामाङलाइ फागुन १७ गते विहान हत्या गरी भागेका अभिषेक अचार्जुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । धुलिखेल नगरपालिका वडा नम्वर ९ घर भई बनेपा नगरपालिका १३ भैसेपाटी स्थित बसन्त श्रेष्ठको घरमा डेरा लिएर बस्दै आएकी लक्ष्मी तामाङलाई सोहि घरमा डेरा गरी बसेका सुनसरी घर भएका २९ बर्षिय युवक अभिषेक अचार्जुले हत्या गरेको खुलेको ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाले तामाङको कोठामा प्रवेश गरेका अभिषेकले सुतिरहेको अवस्थामा घुँडाले छातीमा थिची, मुख समेत थुनी हत्या गरी दुबै कानमा लगाएको सुनको रिङ लुटेर फरार भएको खुलेको बताउनुभयो ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.