आफ्ना मागका बारेमा सरकार गम्भीर नभएको भन्दै आकस्मिक बाहेकका उपचार सेवा बन्द गरि नेपाल चिकित्सक संघ प्रदर्शनमा

Everest Fuji News २०८२ असार २४ मा प्रकाशित       Published at 2025 Jul 08


काठमाडौं/


नेपाल चिकित्सक संघले आफ्ना मागका बारेमा सरकार गम्भीर नभएको भन्दै मंगलबार पनि आकस्मिक बाहेकका उपचार सेवा बन्द गरि प्रदर्शनमा उत्रिएको छ ।उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २ मा विभिन्न सेवाहरुको परिभाषा गर्ने क्रममा स्वास्थ्य र चिकित्सकीय सेवाका साथै अन्य सेवालाई समावेश गरिएकोमा त्यसलाई संशोधन गर्नुपर्ने माग राख्दै संघको नेतृत्वमा आन्दोलन गर्दै आएका छन् ।

देशभरका अस्पतालमा आकस्मिक बाहेकका उपचार सेवा बन्द हुदा विरामीलाई समस्या परेको छ । माइतिघरमा प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिल ऐन २०२० मा निर्दिष्ट प्रावधान अनुसार नेपालमा चिकित्सकीय अभ्यासलाई नियमन गर्ने स्पष्ट क्षेत्राधिकार काउन्सिलको रहेको संघका अध्यक्ष डा अनिल बिक्रम कार्कीले बताउनु भएको छ । उहाँले काउन्सिलको क्षेत्राधिकारको बिषयमा अदालतले हस्तक्षेप गर्दा चिकित्सकहरु काममा फर्कने अवस्था नरहेको बताउनुभएको छ ।उहाँले राज्यले अझै पनि मागको सुनुवाई नगरे सम्बन्धीत निकायमा चिकित्सकको लाइसेन्स बुझाउने उल्लेख गर्नुभएको छ । राज्यले स्वास्थ्य क्षेत्रलाई सेवा नभइ उद्योग बनाउन खोजेको संघको आरोप रहेको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.