काठमाडौं, । मानव अधिकार तथा शान्ति समाजले घृणालाई बढावा दिने र विखण्डनको अभियान सञ्चालन गर्ने दुश्कार्यमा विभिन्न व्यक्ति सक्रिय रहेको बताएका छन् । समाजका अध्यक्ष कृष्ण पहाडीले त्यस्ता गतिविधि रोक्न सरकारसंग आग्रह समेत गरे । अध्यक्ष पहाडीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई भेटका क्रममा सो कुरा राखेका हुन् ।
भेटमा मन्त्री थापाले शान्ति समाजले अघि सारेका कुरा महत्वपूर्ण विषय भएको भन्दै यसलाई आफूले गम्भीररुपमा लिएको बताए । मन्त्री थापासंग सो क्रममा समाजले डा गोविन्द केसीको मागलाई तत्काल सम्बोधन गर्न सरकारसंग आग्रह गरेको छ । समाजले डा केसीले राखेका मागलाई तत्काल सम्बोधन गरेर आमरण अनशन अन्त्य गर्ने दिशामा सरकारलाई कदम चाल्न आग्रह गरेको हो । समाजका अध्यक्ष केदारनाथ उपाध्यायले एक विज्ञप्ति जारी गर्दै डा केसीको रक्षाका लागि अविलम्ब पहल गर्न सांसद् एवं प्रमुख राजनीतिक दलसंग आग्रह गरेका हुन् । यसैबीच, पूर्व आयुक्त समाज, राष्ट्रिय मानव अधिकार समाजले पनि डा केसीले राखेका माग तत्काल समाधान गर्न आग्रह गरेको छ ।