लन्डन– १८ वर्षदेखि ओडारमा बस्दै आएकी बृद्धको उद्दारका लागि बेलायतबाट सहयोग संकलन गरि ओढार बाट हुम्ला जिल्लाको सिमिकोट सम्म् हेलिकप्टर र नेपालगन्ज हुदै काठमाडौँ ल्याउने कार्य सम्पन्न भएको छ ।
समाजसेवी इशा गुरुङले हुम्लाको सिमकोट गाउँपालिका- ८ खोल्सी गाउँ माइती भएकी ८२ वर्षीया गोला शाहीको उद्दारका लागि पहल गरेकी हुन् । शाही कुष्ठरोग लागेकै कारण १८ वर्षदेखि ओडारमा बस्न बाध्य छिन् ।
गुरुङले आफ्नो पहलमा बृद्ध शाहीलाई उपचारका लागि काठमाडौं ल्याउने प्रयास सुरु गरेकी हुन् । बझाङ जिल्लाको पिमीनौरा गाउँमा विवाह गरेकी शाही श्रीमानको मृत्युपछि माइतीको साहरा खोज्दै माइत आएकी थिइन् । तर, रोग लागेका कारण माइतीले सहयोगको साटो घृणा गरेको थियो ।
परिवारका अन्य सदस्यले रोग सर्ने भन्दै माइतीले गाउँलेको सहारामा घरबाट निकालिदिएका थिए । माइतीमा छँदा कुनै रोग नभए पनि श्रीमानबाट आफूलाई कुष्ठरोग सरेको उनले बताइन् । २०४८ सालदेखि कुष्ठरोगले च्यापेपछि उपचारका लागि सबै ठाउँमा चहारेकी शाही सन्चो नभएपछि अहिले खंगालगाउँको लामा खोल्सीको जंगलमा रहेको ओडारमै बस्दै आएकी छन् । उनी १८ वर्षदेखि यो ओडारमा एक्लै बस्दै आइरहेकी छन् ।
बृद्धको उद्दारका लागि इशा गुरुङद्वारा बेलायतमा सहयोग संकलन अभियान मा ………….
बेलायत बाट पछिल्लो समयमा सामाजिक सेवामा खटिएकी गुरुङले सहयोगदाता सबैप्रति नमन गर्दै आफ्नो अभियानमा साथ दिएकामा कृतज्ञता व्यक्त गरेकी छन् ।