दाङ । निर्वाचन सामग्री लुटपाटमा संलग्न नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सदस्य जनक विकलाई लुटिएका निर्वाचन सामग्रीसहित शान्तिनगरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । शान्तिनगर गाउँपालिका–३ भलाने टीमा मतदाता शिक्षा दिइरहे का बे ला मुख छो पे र आएको एक समूहले मतदाता शिक्षा स्वयंसे विकाहरु विमला खड्का र गीता भण्डारीबाट मतदाता नामावली, चे तनामूलक सामग्रीहरु, नमुना मतपत्र, स्वस्तिक छाप, निर्वाचन आचारसंहितासहितको एक झो ला सामग्री लुटे र भागे का थिए । प्रहरीले लुटिएको झो लासहित विकलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख, धीरजप्रताव सिंहले जानकारी दिनुभयो । यसै गरी ने पाल कम्युनिस्ट पार्टी दाङका जिल्ला इञ्चार्ज सविनले विज्ञप्ति जारी गरी पार्टीका जिल्ला सदस्य विकलाई उपचार गरी घर फर्कंदै गर्दा बाटो बाटै बिनाकारण गिरफ्तार गरिएको आरोप लगाउनु भएको छ । रासस