जेष्ठ ३१, २०७४- टेक्सासको डालासमा बसोबास गर्दै आएका नेपालीमुलका एक भुटानी शरणार्थीले आत्महत्या गरेका छन् । ४३ बर्षीय हरि अधिकारीले डालासको फोर्टवर्थको आफनै घर बाहिरको रुखमा झुण्डिएर आत्महत्या गरेकाथिए ।
सोमबार बिहानै काममाजानुपर्ने अधिकारीको गाडी घर कपाउण्डमै भएपछि श्रीमतीले खोजीगर्दा, अधिकारी झुण्डिएको अवस्थामा भेटिएका थिए ।
झण्डै दुई दशक बढीको झापा स्थित शरणार्थी शिविरको बसाईपछि अधिकारी, शरणार्थी पुर्नबास अन्तर्गत सन २००९ अमेरिकाआएकाथिए । उनले पाँचबर्ष अघि मात्रडालासमा घर किनेकाथिए ।
घटनाले आफू स्तब्धभएको उल्लेख गर्दै टेक्सास नेपाली समाजकाअध्यक्ष कृष्ण लामिछानेले कान्तिपुर सँग भने, ‘हरिजी, हाम्रो समाजको सक्रिय ब्यक्तित्वएवम राम्रो भलिबल खेलाडी हुनुहुन्थ्यो ।’
आइतबार सामान्यअवस्थामै रहेकाअधिकारीले आफनो सुसाइड नोटमा आफनो मृत्युको जिम्मेवार कोही नभएको उल्लेख गर्दै काम गर्ने ठाँउमा हुने ‘टर्चर’ कारण आत्महत्यागर्नुपरेको लेखेका थिए । अधिकारीको श्रीमती, १६ बर्षीय एक छोरा एवम ९ बर्षीया एक छोरी छन् ।
पछिल्लो समयमा अमेरिका पुर्नबास भएका दर्जन भन्दा धेरै शरणार्थीहरुले आत्महत्या गरिसकेका छन् ।