भ्रष्ट्राचारमा काठमाडौं पहिलो, बाँके दोस्रो, मालपोत कार्यालयमा भ्रष्ट्राचार बढी

Everest Fuji News २०७४ जेठ २९ मा प्रकाशित       Published at 2017 Jun 12


राजधानी काठमाडौंमा सबैभन्दा धेरै घुस खाने कर्मचारी पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा चालू आर्थिक वर्षको जेठ २८ गतेसम्म सबै भन्दा धेरै काठमाडौं जिल्लामा घुस खाँदै गरेका १९ जना कर्मचारी रंगेहात पक्राउ परेको उल्लेख गरिएको छ । ललितपुरबाट ३ र भक्तपुरबाट २ जना कर्मचारी घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला घुस लिने जिल्लामा दोस्रो स्थानमा रहेको छ । धेरैजसो घुस लिने काम नापी तथा मालपोत विभागमा हुने गरेको पाइएको अख्तियारका प्रवक्ता जिवराज कोइरालाले जानकारी दिनु भयो । आयोगले घुस लिने काम देशभर व्याप्त रहेको पनि जनाएको छ । आयोगका प्रवक्ता कोइरालाले घुस लिँदै गर्दा रंगेहात पक्राउ पर्ने कर्मचारीमा नायव सुब्बा सबैभन्दा बढि रहेका छन । चालू आर्थिक वर्षको हालसम्म पक्राउ परेका ७६ जना मध्ये ३४ जना नायव सुब्बा घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन । १५ जना शाखा अधिकृतलाई पनि घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको छ । ५ जना उपसचिव समेत घुस खाँदै गर्दा पक्राउ परेको प्रवक्ता कोइरालाले बताउनु भयो । अख्तियारले घुस खाने कुनै पनि कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिवद्धता समेत जनाएको छ । अख्यियारले व्यक्तिगत कार्य सम्पादन गर्न पहँुच वालाहरुले घुस दिने गरेको पाइएको पनि जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.