चितवन। दुर्लभ वन्यजन्तु पाटेबाघका लागि राम्रो बास्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।
सन् २०१३ मा गरिएको गणनामा यो निकुञ्जमा एक सय २० वटा वयस्क बाघ रहेका थिए । सो अवधिमा देशभर यो सङ्ख्या १९८ रहेको थियो । चितवनबाहेक बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँकेमा पाटेबाघ पाइन्छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र १५ दिनदेखि क्यामरा ¥यापिङ गरेर बाघको अनुगमन भइरहेको छ । यस अघि मध्यवर्ती क्षेत्रमा अनुगमन गरिँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले क्यामरा ¥याफ्टिङमा दिनमा दुई÷तीन पटक बाघ देखिएको भन्दै पहिले भन्दा बाघको सङ्ख्या बढी देखिएको बताउनुभयो ।
निकुञ्जमा घुम्न गएका पर्यटक, गस्तीमा गएका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले पनि बाघ बढी देखेको भन्दै उहाँले सङ्ख्या बढेको हुन सक्ने अनुमान गर्नुभयो । बाघका आहार बढेको, चोरी सिकारी रोकिएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।
सन् २०१७ को अन्त्यतिर बाघको गणना राष्ट्रिय रुपमा गरिने पनि प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले निकुञ्जलाई विभिन्न भागमा विभाजन गरेर क्यामरा ¥यापिङ थालिएको हो भन्नुभयो ।
उहाँका अनुसार १७ जोडी क्यामराले निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फको भागमा जेठ १४ गतेबाट क्यामरा ¥यापिङ सुरु गरिएको हो । क्रमशः अन्य क्षेत्रमा क्यामरा सारेर ¥यापिङ गरिँदै छ ।
नेपाल टाईगर ट्रष्टले यसअघि नवलपरासीको दाउन्नेदेखि मेघौलीसम्मका मध्यवर्ती क्षेत्रमा क्यामरा ¥यापिङ गरी बाघको अनुगमन गरेको थियो । विगत २२ वर्षदेखि क्यामरा ¥यापिङ गर्दै आउनुभएका प्राविधिक बाबुराम महतोले बाघ देखिने क्रम बढेको बताउनुभयो ।
ट्रष्टले मध्यवर्ती क्षेत्रको दाउन्नेमा गरेको ¥यापिङमा बाघ नपरेको भए पनि बाघको पदमार्ग भने भेटिएको बताउनुभयो । सो क्रममा मेघौलीमा भने बाघ भेटिएको उहाँले बताउनुभयो । हाल क्यामरा राखिएको कसरादेखि भिम्लेसम्मको क्षेत्रमा पनि क्यामरामा बाघ देखिएको उहाँले बताउनुभयो ।
प्राकृतिक पथप्रदर्शक (नेचर गाईड) राजु तामाङ अहिले पर्यटकले केही कुर्न सकेमा बाघ देख्न पाउने बताउनुभयो । उहाँका अनुसार माडीको रिउ क्षेत्र, दुधौरा पारीपट्टीको टेन्डीक्याम्प चोक र थपलिया तालमा बढी मात्रामा बाघ देखिने गरेको छ । साढे दुई दिनको पर्यटकको प्याकेज बनाउन थालेको भन्दै उहाँले यो प्याकेजमा बाघ देखाउन सकिएको बताउनुभयो ।
केही समयअघि रिउको भगइमा आफूले एकै ठाउँमा ६ वटा बाघ पर्यटकलाई देखाएको पथप्रदर्शक तामाङले बताउनुभयो । पहिले पहिले गैंँडा हेर्नका लागि मात्रै पर्यटक आउने गरेकोमा अहिले बाघ नै हेर्न आउने पर्यटकको सङ्ख्या पनि बढेको उहाँले बताउनुभयो ।
चरा अवलोकन गर्न जाने वर्ड एजुकेसन सोसाइटिका प्रतिनिधिले पनि बाघको सङ्ख्या बढेको अनुमान लगाएका छन् । सोसाइटिका निवर्तमान अध्यक्ष वासु विडारीले जङ्गल जाँदा बाघ देखिने क्रम बढेको बताउनुभयो । रिउ खोला छेउमा तीन वटा बच्चासहितको बाघ आफूले देखेको भन्दै उहाँले पथप्रदर्शकले पर्यटकलाई बाघ देखाउन पाएपछि उत्साहित भएको पनि बताउनुभयो ।
बाघको प्रमुख आहाराको रुपमा जरायो र चित्तललाई लिने गरिन्छ । योसँगै रतुवा, लघुना, गौरीगाईका बच्चा, गैंँडाका बच्चा पनि बाघले खाने गर्दछ । यी आहारा प्रजातिका जनावर बढेकाले पनि बाघको सङ्ख्या बढेको अनुमान गरिएको छ ।
सन् २०१० नोभेम्बर २३ मा रुसको पिटर्सवर्गमा बाघ पाइने देशका राष्ट्र प्रमुख सहभागी बाघ सम्मेलनले सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर पार्ने सङ्कल्प घोषणा गरेको थियो । बाघ पाइने १३ देशमध्ये नेपाल, भारत, भुटान, बङ्गलादेश र रुसमा बाघ उल्लेख्य ढ्ङ्गले बढिरहेको पाइएको छ । नेपालले सन् २०२२ सम्ममा कम्तीमा २५० वयस्क बाघ पु¥याउने लक्ष्य लिएको छ । रासस