बाजुरा । बाजुरा नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ।
कार्गो बोकेर हुम्लाको सिमिकोट गएको विमान खरब मौसमका कारण त्यहाँ अवतरण हुन नसकेपछि बाजुराको कोल्टी विमानस्थल पुगेको थियो।
सेनाको कल साइन एन ए ०४८ को स्काइ ट्रक जहाज मध्यान्ह करिव सवा १२ बजे अवतरणका क्रममा धावनमार्गमा पल्टिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीका अनुसार दुर्घटनापछि जहाजमा आगलागी भएको भएको छ।
घटनास्थलमा अहिले नेपाल प्रहरी र सेनाले उद्धार गरिरहेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।