आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतार्नु पर्ने : राष्ट्रपति

Everest Fuji News २०८२ जेठ १० मा प्रकाशित       Published at 2025 May 23


काठमाडौं /


राष्ट्रपति रामचन्द्र पौडेलले आत्मानुशासन, करूणा, सहिष्णुता र अहिंसालाई व्यवहारमा उतार्नु पर्ने बताउनु भएको छ । 

देशभित्रका विभिन्न गुम्बाहरूबाट सहभागी भई ४७ औं लामा देशदर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागी कार्यक्रमलाई शुक्रबार शीतल निवासमा सम्बोधन गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले बौद्ध धर्मले आत्मानुशासन, करुणा, सहिष्णुता र अहिंसाको अमूल्य शिक्षा प्रदान गर्दै आएकाले यसलाई सबैले व्यवहारमा उतार्न सक्नुपर्ने बताउनु भएको छ । उहाँले मूर्त र अर्मूत बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवनोपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हितार्थ उपयोगी मार्ग प्रशस्त हुँदै जाने समेत बताउनुभएको छ । उहाँले यस किसिमको भ्रमणले बौद्ध धर्म, दर्शनको संरक्षण विकास र प्रर्वद्धनमा टेवा पु¥याउँदै धार्मिक पर्यटन अभिवृद्धि गर्न सकारात्मक भूमिका निर्वाह गर्ने समेत बताउनु भएको छ ।

उहाँले बौद्ध दर्शन प्रवद्धर्न तथा गुम्बा विकास समितिले नेपाली समाजमा बौद्ध शिक्षा, साधना र सांस्कृतिक जागरणका क्षेत्रमा पु¥याउँदै आएको योगदान सराहनीय रहेको समेत बताउनु भएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.