काठमाडौं /
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूकुम पश्चिमको समुचित विकासमा सरकारले ध्यान नदिएको आरोप लगाउनु भएको छ ।
आज रुकुमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्नेक्रममा उहाँले सो आरोप लगाउनु भएको हो । उहाँले स्थानीय तहसँग सहकार्य गरेर पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा योजनाबद्ध रूपमा अघि बढ्न आवश्यक रहेको बताउदै अब त्यसमा पार्टीले ध्यान दिने समेत बताउनु भएको छ । पुर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानकै उत्कृष्ट कार्यक्रम यहाँ भएको भन्दै चौरजहारीको जनसभामा उत्साहपूर्ण जनसहभागिता र समर्थनले आफू अत्यन्त उत्साहित भएको बताउनु भएको छ ।।