जनताले अस्वीकार गरि फालिसकेको राजतन्त्र फर्कन नसक्ने : प्रधानमन्त्री

Everest Fuji News २०८२ जेठ १० मा प्रकाशित       Published at 2025 May 23


काठमाडौं /


प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले अस्वीकार गरि फालिसकेको राजतन्त्र फर्कन नसक्ने बताउनु भएको छ । 

नेकपा एमाले निकट युवा संघ नेपालको पोखरामा शुक्रबार आयोजति दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले जनताबाट अस्वीकृत भई सकेको राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने समेत बताउनु भएको छ । उहाँले राजावादी पार्टी र संघ संस्थाहरूले १५ जेठदेखि गर्ने भनेको आन्दोलनलाई कटाक्ष गर्दै राजतन्त्रलाई आफूहरूले समातेर मुन्ट्याएर फालिदिएको समेत टिप्पणी गर्नुभएको छ । उहाँले १५ जेठमा राजालाई सिंहासनमा राख्ने भन्दै राजावादीहरूले गरेको प्रचार समेत संविधान विरोधी भएको समेत बताउनु भएको छ । उहाँले विद्यमान संविधान विरोधी अभिव्यक्ती दिने र संविधान विपरित कृयाकलाप गर्ने जो कोहीलाई पनि सरकारले कानुनी कारबाही गर्ने समेत चेताबनी दिनु भएको छ । उहाँले संविधान विपरित कार्य गर्नेमाथी निगरानी राख्न समेत सवै पक्षलाई आग्रह समेत गर्नुभएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.