शान्ति सुरक्षा मुलुकको पहिलो सर्त भएकाले यसमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

Everest Fuji News २०८२ जेठ १० मा प्रकाशित       Published at 2025 May 23


जनकपुर/


गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा मुलुकको पहिलो सर्त भएकाले यसमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । 

शुक्रबार जनकपुरमा मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठि उद्घाटन गर्नेक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । उहाँले शान्ति सुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सबै सुरक्षा निकायहरुलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिनुभएको छ । उहाँले बिकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताउनुभएको छ । उहाँले १० बर्षको सशस्त्र द्वन्द्वका समयमा शान्ति सुरक्षाको स्थीति कमजोर भएकाले बिकासका काम अवरुद्ध भएको समेत बताउनुभएको छ । उहाँले सीमानाकाबाट हुने चोरी पैठारीले राजस्व घटिरहेको, आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको भन्दै यसलाई नियन्त्रणका लागि मेहनतका साथ लाग्न समेत आग्रह गर्नुभएको छ । 

उहाँले नेपाल प्राकृतिक प्रकोपको जोखिममा रहेकाले बिपद् प्रतिकार्यको तयारीलाई पूर्ण बनाउनु पर्नेमा समेत जोड दिनुभएको छ । बिपद् प्रतिकार्यमा सुरक्षा निकायको भुमिका महत्वपूर्ण रहेको समेत उहाँले बताउनुभएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.