कांग्रेसबाट काठमाडौं महानगरपालिकाको उम्मेद्वार राजुराज जोशी

Everest Fuji News २०७४ बैशाख १९ मा प्रकाशित       Published at 2017 May 02


काठमाडौं । कांग्रेस नेता राजुराज जोशी काठमाडौं महानगरपालिकाको उम्मेद्वार भएका छन् । उपपमेयरमा हरि प्रभा खड्की उम्मेद्वार बनेकी छन् । नेपाली कांग्रेसले आगामी स्थानीय निकायको निर्वाचनमा जोशीलाई काठमाडौंको उम्मेद्वार बनाएको बैठकमा सहभागि एक नेताले क्लिकमाण्डूलाई जानकारी दिए । जोशी २०४७ सालमा जिल्ला कार्यसमिति काठमाडौंका सचिव हुन् । त्यसबेला काठमाडौं जिल्लाको पार्टी सभापति प्रकाशमान सिंह थिए । कांग्रस राजनीतिमा जोशी प्रकाशमानसिंह निकट मानिन्छन् । हाल जोशी कांग्रेसको महासमिति सदस्य छन् । जोशी उद्योगमन्त्री नविन्द्रराज जोशीका दाई हुन् । कांग्रेसको आज बिहान बसेको पदाधिकारी बैठकले काठमाडौंको मेयर लगायत स्थानीय तहका विभिन्न निर्वाचन क्षेत्रका उम्मेद्वारहरुको टुंगो लगाएको हो । आफूले टिकट पाएको खबर आएको तर १२ बजेसम्म टिकट हात परिनसकेको काठमाडौं मेयरका उम्मेद्वार जोशीले बताए । ‘टिकट दिनका लागि बिहानैदेखि पार्टीका उच्च तहका नेताहरुको बैठक बसिररहेको छ, बैठकबाटै नेताहरुले तपाईंले टिकट पाउनु भो उम्मेद्वारी दर्ता गर्न तयार हुनुहोस् भनेर मोवाइलमा म्योसेज पठाइरहनुभएको छ,’ जोशीले क्लिकमाण्डूसँग भने,– ‘ टिकट पाएको मैले नै हो । तर, दिउसो १२ बजेसम्म टिकट भने हात परिसकेको छैन ।’


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.