दलित सघंका अध्यक्ष विश्वकर्माविरुद्ध उजुरी

Everest Fuji News २०७३ जेठ १९ मा प्रकाशित       Published at 2016 Jun 01


Meen-Biswakarma१९ जेठ, काठमाडौं । नेपाल दलित सघंका नेताहरुले अध्यक्ष मीन विश्वकर्माविरुद्ध पार्टी सभापति शेरबहादुर देउवा समक्ष उजुरी गरेका छन् । मीनले दलित संघ दाङका कार्यबाहकलाई हटाएर सदस्यलाई अध्यक्ष तोकेका थिए । निर्वाचित अध्यक्ष दिनेश नेपालीको सवारी दुर्घटनामा निधन भएपछि उपाध्यक्ष चन्द्रबहादुर नेपालीले कार्यबाहक चलाएका थिए । तर, अधिवेशनको तयारी सुरु भएसँगै केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले जिल्ला सदस्य खेम विश्वकर्मालाई अध्यक्षको अख्तियारी दिएर पठाएका छन् । यसको विरोध गर्दै नेताहरु जीवन परियार, खड्गबहादुर वश्याल, कविताकुमारी सरदार, विमला नेपाली, प्रकाश स्नेही लगायतले बुधबार कांग्रेस सभापति देउवालाई भेटेका छन् । देउवाले यसबारे पार्टी केन्द्रीय सदस्य समेत रहेका दलित संघका अध्यक्ष मीन विश्वकर्मासँग कुराकानी गर्ने आश्वासन दिएका छन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.