बाग्लुङमा पेस्तोल र ११ राउण्ड गोली सहित एक युवा पक्राउ

Everest Fuji News २०७४ बैशाख १४ मा प्रकाशित       Published at 2017 Apr 27


बाग्लुङ— जिल्लाको बुर्तिबाङबाट एक युवा हतियार सहित पक्राउ परेका छन्। बुधबार साँझ बुर्तिबाङको एक होटलमा फायरिङ गरेर भाग्दै गरेको श्याम रेश्मीलाई पक्राउ पेस्तोल र ११ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। ढोरपाटन नगरपालिका अन्तर्गत बुर्तिबाङ बसपार्कमा रहेको न्यू बुटवल थकाली भान्छा घरभित्र पसेर गोली चलाउने बडिगाडी गाउँपालिका—५ का ३३ वर्षिय रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो। उनले चलाएको गोली होटेलको भित्तामा लागेर प्वाल परेको छ भने कुनै मानवीय क्षेती भने भएको छैन। घटनाको जाकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले पेस्तोल सहित भागेका रेश्मिलाई बुर्तिवाङ बजारदेखि करिब डेढ किलोमिटर टाढा मध्यपहाडी लोकमार्गको बुर्तिबाङ भिमगिठे खण्ड स्थित खप्तरीबाङ भन्ने ठाउँमा पक्राउ गरेको बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए। ‘होटेलमा गोली चलेको खबर थाहा पाएपछि हामी तुरुन्त त्यहाँ पुग्यौं,’ प्रहरी निरीक्षक रानाले भने,‘हामी पुग्दा उ भागिसकेको रहेछ, खप्तरीबाङमा पुगेपछि हतियार सहित पक्राउ गर्न सफल भयौं।’ रेश्मीको साथबाट मेड ईन जापान लेखेको अटोमेटीक एक पेस्तोल, दुई थान म्याग्जिन र ११ राउण्ड गोली बरामद गरिएको उनले बताए। रेश्मी लामो समयदेखि भारतमा बस्दै आएको र पछिल्लो समयमा नेपालमा आएर ग्रामीण क्षेत्रमा विभिन्न व्यक्तिहरुलाई पिट्ने तर्साउने लगायतका गतिविधि गर्दै आएको पाईएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता डिएसपी अनिलकुमार खड्काले बताए । होटेलमा पुगेपछि बुर्तिबाङका स्थानीय युवाहरुलाई बोलएर यहाँका डनहरुलाई ठिक पार्न आएको हुँ भन्दै कुरा गरेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनायो। रेश्मीले किन गोली चलाए भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.