प्रहरीले भन्यो-सिलवालसँगकाे साेधपुछबारे गलत हल्ला फैलाइयाे

Everest Fuji News २०७४ बैशाख १२ मा प्रकाशित       Published at 2017 Apr 25


काठमाडौं: नेपाल प्रहरीले सर्वाेच्च अदालतमा पेश गरिएकाे कार्यसम्पादन मूल्या‌ंकन फारमकाे प्रतिलिपीका सम्बन्धमा डीआइजी नवराज सिलवालसँग गरिएकाे साेधपुछबारे गलत हल्ला फैलाइएकाे जनाएको छ। मंगलबार प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ति जारी गरी डीआइजी सिलवालका सम्बन्धमा विभिन्न सञ्चार माध्यममा प्रकाशित खबरप्रति ध्यानाकर्षण भएको जनाएकाे छ। गत बैशाख ७ गते बसेकाे मन्त्रिपरिषद्‍काे बैठककाे निर्णय अनुसार सिलवालले सर्वाेच्च अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकनकाे प्रतिलिपी र त्यसको वैधानिकताबारे सोधपुछ भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ। सोही क्रममा सोमबार सिलवाललाई अधिवक्ता शम्भु थापासँगै प्रहरी मुख्यालयमा ल्याएर केही समय सोधपुछ गरेपछि सकुसल उहाँकै घरमा पुर्‍याइदिएको कुरालाई सञ्चारमाध्यामले फरक ढंगले समाचार सम्प्रेषण गरेको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.