[arqam style= metro columns= 1 ]बैशाख-१०,सोलुखुम्बु ।

सोलुखुम्बु जिल्ला दुधकुन्डा नगर पालिका १ जुनबेसी मा रहेको टासी थोङमोन माहाबिहार गुम्बामा बौद्ध धर्मलम्विहरु को माहान धार्मिक पर्व डुम्जी भोलि भैशाख १० गते आइतबार देखि सुरुहुन गइ रहेको छ ।यो पर्व आजदेखि ४ दिन सम्म मनाइन्छ यो पर्व शेर्पा समुदाय मा कुल देवता झल देवता को पुजा गरिन्छ त्यसै गरि गाउँ घरमा कुनै किसिम को अनिश्ठ घटना हरु नघटोस ,खेतमा लगाएका अन्न्नबालीहरु राम्रो होस ,मानव लगायत पृथ्वी रहेको सम्पुर्ण जिवित प्राणिहरुको शुखशान्ती होस भन्ने हेतु ले यो पर्व मनाउदै आइरहेको जन बिश्वास गरिन्छ। आज देखि सुरु हुने पर्व को चौथो दिन १३ गते डुम्जी पर्व समापन को अवसर मा गुम्बा को प्रमुख लामा ज्यु बाट ओङ ( अभिशेख ) प्रदान गरिन्छ ।डुम्जी कै अवसर पारी गुरु रिन्पुछे को आफ्नै हात बाट निर्माण गरिएको पर्ती मुर्ति कुछाप तेर्ङा को दर्शन पनि गराइन्छ।