काठमाडौं । शिक्षा मन्त्री धनिराम पौडेलले जथाभावी शुल्क लिने बिद्यालयलाई सरकारले कारवाही गर्ने दाबी गरेका छन् ।

मंगलबार शिक्षा मन्त्रालयमा संयुक्त बिद्यार्थी संगठनको ज्ञापन पत्र बुझ्दै उनले सरकारको निर्देशन पालन गरे नगरेको अनुगमन गरेर निर्देशन पालना नगर्ने विद्यालयलहरुलाई कारवाही गरिने वताए ।
कुनै बिद्यालयले मनपरी शुल्क लिएको पाइएमा मन्त्रालयमा जानकारी गराउन पनि उनले आग्रह गरे ।
मन्त्री पौडेलले केही विद्यालयलाई कालो सूचीमा राखेर कारवाहीको तयारी भइरहेको जानकारी समेत दिए ।
बिद्यार्थी संगठनहरुले नीजि क्षेत्रका विद्यालयहरुले चर्को शुल्क लिएको भन्दै त्यस्ता विद्यालयलाई कारवाही गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।