आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले हङकङलाई ९ विकेटले पराजित

Everest Fuji News २०८२ बैशाख ४ मा प्रकाशित       Published at 2025 Apr 17


 

मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको छ । मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ११५ रन बनाएको थियो। हङकङले दिएको ११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १२।३ ओभरमा १ विकेट गुमाउँदै ११८ रनसहित लक्ष्य पूरा गरेको हो।नेपालका ओपनरद्वय शाहिल पटेल र निरज कुमार यादवले ५ ओभरमा ५० रनको साझेदारी गरेका थिए। पहिलो विकेटका लागि निरज र शाहिलले ५५ रनको साझेदारी गरे। ओपनर पटेलले सर्वाधिक ४२ रनको अविजित पारी खेले। उनले ४१ बलमा ८ चौका प्रहार गरे। उनीसँगै कप्तान नरेन भट्ट ३९ रनमा अविजित रहे। हङकङका लागि एक मात्र विकेट सयान पुरीले लिए। त्यसअघि,ब्याटिङ गरेको हङकङ ४६।२ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको हो। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.